वस्तु निर्यातमा ७७.८ प्रतिशतको वृद्धि, व्यापार घाटा भने घटेन

मंगलबार, २४ असार २०८२, १३ : ३४

काठमाडौं- मुलुकबाहिर हुने वस्तु तथा सेवा निर्यातमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म)को तथ्यांकमा निर्यात बढेको देखिएको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो।

समीक्षा अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएकोे थियो।

चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएकोे थियो। समीक्षा अवधिमा निर्यात आयात अनुपात १५.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो।

 

 
मंगलबार, २४ असार २०८२, १३ : ३४

प्रतिक्रिया