कर्जा प्रवाहमा आक्रामक देखिए बैंक, निक्षेप संकलनमा १२ प्रतिशतको सुधार

मंगलबार, २४ असार २०८२, १५ : २२

काठमाडौं–वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वितीय संस्थाहरुमा निक्षेप १२ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढेर ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ भएको हो । 

अघिल्लो वर्षको तुलानामा यस वर्ष निक्षेप संकलन ८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा निक्षेप ९ प्रतिशतले बढेर ५ अर्ब १४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । 

वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वितीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंक तथा वितीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेर ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ भएको हो । अघिल्लो वर्षको तुलानामा यो वर्ष कर्जा प्रवाह ८ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्षको सोहि अवधिमा यो कर्जा ५.१ प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ भएको हो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरुको ४.७ प्रतिशत र वित कम्पनीहरुको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ ।     


 

 
मंगलबार, २४ असार २०८२, १५ : २२

प्रतिक्रिया