काठमाडौं–आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरुको अन्तरबैंक कारोबारमा कमी आएको छ । समिक्षा अवधिमा अन्तरबैंक कारोबारमा २ खर्ब ३७ अर्ब रुपैयाँको कमी आएको हो । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरुको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वितीय संस्थाहरुको १ खर्ब ५० अर्ब ३३ करोडको अन्तरबैंक कारोबार भएका छन् ।
समिक्षा अवधिमा कुल अन्तरबैंक कारोबार १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँ भएका छन् । अघिल्लो वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले ३७ खर्ब १ अर्ब ४३ करोड र अन्य वितीय संस्थाहरुले ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् ।
समिक्षा अवधिमा कुल ४० खर्ब ६० अर्ब ९८ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका हुन् । २०८२ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ४.२९ प्रतिशत, विकास बैंकहरुको ५.०२ प्रतिशत र वित कम्पनीहरुको ६.०९ प्रतिशत रहेको छ ।
२०८१ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरुको ७.०७ प्रतिशत र वित कम्पनीहरुको ८.२८ प्रतिशत कायम भएको थियो । २०८२ जेठमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ७.९९ प्रतिशत, विकास बैंकहरुको ९.४० प्रतिशत र वित कम्पनीहरुको १०.२२ प्रतिशत रहेको छ ।
२०८१ जेठमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर १०.१५ प्रतिशत, विकास बैंकहरुको ११.६३ प्रतिशत र वित कम्पनीहरुको १२.८५ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया