बारामा यस वर्ष ९१ हजार मेट्रिक टन चैते धान उत्पादन

बुधबार, २५ असार २०८२, १३ : २९

काठमाडौं- बाराका किसानले यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । 

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायणप्रसाद साहले सो जानकारी दिएका हुन् । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा  बिक्री गरिरहेका छन् । गत वर्ष  प्रतिक्विन्टल रु तीन हजारको दरले बिक्री वितरण भएको थियो ।

उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार  हेक्टर क्षेत्रफलमा खेती गरेको बताए।  

गत कृषकहरू १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेका कृषि ज्ञान केन्द्रका अर्थ विज्ञ गणेश महराले बताए ।

 
 
बुधबार, २५ असार २०८२, १३ : २९

प्रतिक्रिया