काठमाडौं- उपभोक्ताहरूलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरूप ‘जिओ फ्लाइट’ सञ्चालनमा आएको छ । जोय ग्रुपले उपभोक्तालाई सहज रूपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरूप उक्त अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।
जोय ग्रुपले सञ्चालनमा ल्याएको जिओ फ्लाइटलाई हाल एन्ड्रोइड र आईओएसगरी दुवै भर्सनमा मोबाइलमा डाउनलोड गर्न सकिनेछ । यसै गरी वेबसाइटमा गएर उक्त कम्पनीको सम्पूर्ण सेवा सुविधा लिन सकिने छ ।
अहिलेको प्रविधिको युगमा उपभोक्ताहरूलाई एउटै प्लेटफर्मबाट हवाई टिकटदेखि विभिन्न खालमा भ्रमण प्याकेजहरू उपलब्ध गराउने उद्देश्य अनुरूप जिओ फ्लाइट सञ्चालनमा ल्याइएको जिओ फ्लाइटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए ।
‘अहिले धेरैजसो प्लेटफर्मबाट हवाई टिकट मात्रै लिन सकिने छ भने सो विषयमा थप जानकारी लिन सम्बन्धित कम्पनीका सम्पर्क व्यक्तिलाई सोधिरहनु पर्ने अवस्था छ,’ पौडेलले भने, ‘तर हामीले सञ्चालनमा ल्याएको उक्त प्लेटफर्मबाट सबै विषय एपबाटै बुझ्न सकिने छ जसले अपरेटर र उपभोक्ताबीचको ग्याप हटाउनेछ ।’
साथै जिओ फ्लाइटबाट हवाई टिकट खरिद गर्दा अन्य प्लेटर्फमबाट भन्दा सस्तो हुने समेत उनले जनकारी दिए । आन्तरिक तथा बाह्य दुवै खालका हवाई टिकट खरिद गर्न सकिने उक्त प्लेटफर्ममार्फत धार्मिक एवं व्यवसायीक भ्रमणको प्याकेट समेत उपलब्ध गराईनेछ । अनलाइनमार्फत जुनसुकै स्थानबाट समेत हवाई टिकट खरिदका साथै भ्रमण प्याकेज लिन सकिने उक्त प्लेटफर्ममार्फत नयाँ व्यवसाय सुरुवात तथा सो सम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिनेछ ।
जिओ फ्लाइटको सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रलाई थप नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने छ । आधुनिक प्रविधि सहित सञ्चालनमा आएको उक्त प्लेटफर्ममार्फत नेपालको पर्यटन क्षेत्रमा हाल देखिएको ग्यापलाई समेत हटाउने कम्पनीको विश्वास रहेको छ ।
प्रतिक्रिया