विकास हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

आइतबार, २९ असार २०८२, १० : ०९

काठमाडौं- विकास हाइड्रोपावर कम्पनीको आईपीओ आज असार २९ गते आइतबार बाँडफाँट भएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँट गरिएको हो। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ बाँडफाँड गरेपश्चात दोस्रो चरणमा २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यो ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको सेयर हो । 

यो आईपीओमा २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये २० लाख ४३ हजार ६८६ जनाबाट परेको २ करोड ३४ लाख ८३ हजार ९० कित्ता सेयर सदर भएको छ। बाँकी १ लाख ६ हजार ९८६ जनाबाट परेको २६ लाख ६५ हजार २६० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये १७ लाख ४९ हजार ४१० जनाको हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा धितोपत्र जारी गर्ने कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटसँगै सीडीएससीको मेरो सेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

 
आइतबार, २९ असार २०८२, १० : ०९

प्रतिक्रिया