काठमाडौं- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.६५ अनुपात (६५ प्रतिशत) मा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
जोशीको हकप्रद सेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । भदौ ४ गतेसम्म आवेदन दिन सकिन्छ ।
यो हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौं, जोशी हाइड्रोपावरको कार्यालय नयाँ बानेश्वर, काठमाडौं र लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया