सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाइफ ज्याकेट वितरण

आइतबार, २९ असार २०८२, १२ : ४०

काठमाडौं- बाढी पहिरो जस्ता विपद्हरू सूचना दिएर आउँदैन, विपद् न्यूनीकरणका लागि पूर्व तयारी नै महत्त्वपूर्ण हुन्छ । यस्ता घटनाहरूको न्यूनीकरण गर्न पूर्व तयारी आवश्यक हुने भन्दै सीताराम डेरी र कीर्तिपुर नगरपालिका वडा न ४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार लाइफ ज्याकेट वितरण गरिएको छ ।  

जीवन रक्षा नै मानवीय धर्म मानिने हाम्रो संस्कारलाई चलायमान गर्न विपद्मा सुरक्षाकर्मीको मात्रै होइन सबैको दायित्व रहने भन्दै निजी क्षेत्रबाट गरिएको यस्ता सहयोगले समुदायमा एउटा सकारात्मक सन्देश प्रदान गर्ने यस कार्यक्रमले स्पष्ट गराउँछ ।  

नेपालको भौगोलिक अवस्था पुर्व तयारी योग्य छ । यहाँ पहिरो, बाढी, हिमपात तिनै वटा कुराले जोखिम क्षेत्र मानिन्छ भने यस्तो विपद्को समयमा सुरक्षाकर्मीलाई उद्धार गर्न सहज वातावरण निर्माण गर्न केडिया फाउण्डेसन तथा सीताराम डेरीले विगत देखी नै उद्धार सामाग्रीहरू सुरक्षा निकायलाई हस्तान्तरण गरिसकेको छ । यो नै उद्धार कार्य सुरक्षित बनाउने पहिलो कदम पनि हो । 

कार्यक्रममा प्रदेश सभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डंगोल ,नेपाल स्वास्थ्य स्वयंमसेवीका का अध्यक्ष निरकुमारी महर्जन, वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विद्यालयका प्रधानाध्यापक युवराज पराजुली लगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विद्यालयका विद्यार्थीहरू, शिक्षक/शिक्षिकाहरूको उपस्थितीमा सुरक्षा निकायलाई लाइफ ज्याकेट हस्तान्तरण गरी कार्यक्रम समापन भएको थियो ।  

 
आइतबार, २९ असार २०८२, १२ : ४०

प्रतिक्रिया