नेपाल एसबीआई बैंकको ३ अर्बको ऋणपत्र आजदेखि बिक्रीमा

सोमबार, ३० असार २०८२, १० : २४

काठमाडौं- नेपाल एसबीआई बैंकले आज सोमबारदेखि ३ अर्ब रुपैयाँबराबरको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ ऋणपत्र निष्कासन गरेको छ । 

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। यसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।

यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा साउन १ गते हुनेछ। यो समयभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन अवधि साउन १२ गतेसम्म लम्बिन सक्छ।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 
सोमबार, ३० असार २०८२, १० : २४

प्रतिक्रिया