इनड्राइभको ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ काठमाडौंमा सम्पन्न

सोमबार, ३० असार २०८२, १० : ५९

काठमाडौं- विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरको छ । 

ड्राइभरहरूको मेहनत र समर्पणप्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता’ तथा ‘सामुदायिक सशक्तिकरण’ प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाई छ ।

कार्यक्रमले कम्पनी र यसको सेवालाई शक्ति प्रदान गर्ने चालकहरूबीचको बन्धनलाई बलियो बनाउन भूमिका खेलेको कम्पनीले बताएको छ । कार्यक्रममा इनड्राइभको सेवामा समर्पित चालकहरूप्रति सम्मान व्यक्त गर्दै प्रशंसा गरिएको थियो ।

कार्यक्रममा इनड्राइभको एपीएसी नेतृत्वसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र, उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर पार्टनरहरूको सम्मान एवं प्रशंसा समारोह र चालकहरूको अनुभव र समर्थन प्रणाली सुधार गर्नका लागि छलफल छलफललगायतका विषयमाथि सत्रहरु सञ्चालन भएका थिए । 

‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू हुन्’, इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स हेड निकोलाईले भने,‘यो भेटघाट र अभिवादन कार्यक्रम हाम्रो चालक–सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्ने एक सानो प्रयास मात्र थियो । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा, यो अवसर उनीहरूको अनुभवहरू सुन्ने, चासो र चुनौतीहरू बुझ्ने, र उनीहरूसँगै सिक्दै अघि बढ्ने थलो बन्यो ।’

उनले थपे, ‘हामी इनड्राइभलाई एउटा यस्तो पिपुल–फस्र्ट प्लेटफर्मको रूपमा निर्माण गर्न प्रतिबद्ध छौं, जहाँ छनोटको स्वतन्त्रता, पारदर्शिता र निष्पक्षता नै मूल मूल्यहरू हुन् । हाम्रो उद्देश्य केवल सेवाको सुधार मात्र होइन, हामीसँग जोडिएका प्रत्येक व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो ।‘

कार्यक्रमले आगामी प्लेटफर्म सुधारहरू र चालक अनुभवलाई अझ सुदृढ पार्ने उद्देश्यले डिजाइन गरिएका नयाँ सुविधाहरू र पहलहरूको घोषणा गर्न लन्चप्याडको भूमिका निर्वाह गरेको छ । इनड्राइभले टेक्नोलोजी र सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित, र लाभदायक बनाउने आफ्ना योजनाहरू प्रस्तुत गरेको छ ।
 

 
सोमबार, ३० असार २०८२, १० : ५९

प्रतिक्रिया