सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

सोमबार, ३० असार २०८२, १७ : ०७

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । 

कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सशस्त्र प्रहरीलाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका वरिष्ठ प्रहरी अधिकृत तथा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाईको पनि उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भुमिकामा रहँदै आएको र बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएको बताए । उनले विपद्पछि मात्र नभई पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नुपर्दछ भनेर कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनका लागि उक्त सामाग्री उपलब्ध गरिएको र भविष्यमा सहकार्य गर्न सकिने जानकारी गराए ।

सन नेपाल लाइफले १४२ शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

 
 
 
सोमबार, ३० असार २०८२, १७ : ०७

प्रतिक्रिया