ट्रेड टावरको आईपीओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबारमा आउने

मंगलबार, ३१ असार २०८२, १५ : ११

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ट्रेड टावरको आईपीओ सूचिकृत भएको छ । आज मंगलबार कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर समेत गरी जम्मा ८१ लाख ५६ हजार ९७ कित्ता आईपीओ सूचीकृत भएको हो ।

यो सूचिकृत सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२३ रुपैयाँ ९ पैसा र अधिकतममा ३६९ रुपैयाँ २७ पैसा ओपनिङ रेन्ज तोकेको छ । 
 
कम्पनीलाई नेप्सेले ‘टीटीएल’ कारोबार संकेत प्रदान गरेको छ ।

 
 
मंगलबार, ३१ असार २०८२, १५ : ११

प्रतिक्रिया