मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’ अफर, ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने

बुधबार, ३२ असार २०८२, १२ : १०

काठमाडौं- नेपालको अग्रणी अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ । 

‘अफरको चट्याङ, छुटको बतास’ भन्ने नारासहित ल्याइएको यो अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री, र १० हजार रूपैयाँ बराबरको गिभअ‍ेवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने अभियानअन्तर्गत २ हजार ४९९ रूपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्रदान गरिनेछ ।

मोबाइलमाण्डुका अनुसार फेसबुक, इन्स्टाग्राम र टिकटक लगायतका डिजिटल माध्यमबाट गिभअ‍ेवेहरू सञ्चालन गर्ने तथा सहभागी ग्राहकहरूलाई #MonsoonDhamakaSale, #MobileMandu र #FlashSaleNepal प्रयोग गरी आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने जनाएको छ ।

ग्राहकहरूले कम्पनीको वेवसाइटमार्फत छुट, गिभअ‍ेवे, र अन्य अफरहरूको लाभ लिन सक्नेछन् । 
 

 
बुधबार, ३२ असार २०८२, १२ : १०

प्रतिक्रिया