लुम्बिनी लायन्सको सीइओमा भावना घिमिरे नियुक्त

बुधबार, ३२ असार २०८२, १७ : ०६

काठमाडौं- लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (
सीइओ) मा नियुक्त गरेको छ । 

पूर्व क्यान सीइओसमेत रहेकी घिमिरे क्रिकेट व्यवस्थापन र नेतृत्वमा सिद्धहस्त तथा दूरदृष्टि सम्पन्न व्यावसायिक हुन्। उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन्। आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन्। यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउनेछ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास लुम्बिनीले लिएको छ । 

भावना घिमिरेको नियुक्तिको विषयमा प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, “हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पु¥याउनेछ भन्ने मलाई लागेको छ , हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि उनको नेतृत्वमा लुम्बिनी लायन्सको यात्रा थप प्रेरणादायी, उद्देश्यपूर्ण र सफल हुनेछ ।”

 
बुधबार, ३२ असार २०८२, १७ : ०६

प्रतिक्रिया