काठमाडौं- नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले असार ३० गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको हो । बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको छ ।
बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरेको छ । बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।
आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
१० वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।
यस ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
प्रतिक्रिया