बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण साउन ३० गतेसम्म प्रकाशन गर्न सक्ने

विहीबार, ०१ साउन २०८२, १० : ४६

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण साउन ३० गतेभित्र प्रकाशन गर्न पाउने भएका छन् । यसअघि वित्तीय विवरण हरेक त्रैमास सकिएको ७ दिनभित्र र चौथो त्रैमासको साउन २१ गते भित्र प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा चौथो त्रैमासका लागि राष्ट्र बैंकले सो अवधि लम्ब्याएको हो ।

केन्द्रीय बैंकले परिपत्रमार्फत भनेको छ– ‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरु को अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ । साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ ।’

यसका साथै अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नुपर्नेछ ।
 

 
विहीबार, ०१ साउन २०८२, १० : ४६

प्रतिक्रिया