काठमाडौं— दक्षिण एशियामा ६० वर्षभन्दा लामो इतिहास भएको किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर ईन्डिया’ ले नेपालमा आफ्नो उत्पादनको प्रवद्र्धनका लागि नेपालको “आइरन लेडी” भनेर चिनिने सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर रूपमा नियुक्त गरेको छ ।
नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनीसँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रालि (आईडीपिएल नेपाल) मार्फत उपलब्ध छन्, जसले नेपालभर प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत बजार विस्तार र ब्रान्ड उपस्थिति सुदृढ गर्दै आएको छ ।
विनोद कुकवेयर ईन्डिया गुणस्तर, दिगोपन, र स्वस्थ जीवनशैलीप्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड हो । “स्यान्डविच बटम तथा ट्राईप्लाई ९तीन लेयर० प्रविधिको अग्रणीका रूपमा परिचित यस ब्रान्डले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन देखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू प्रस्तुत गर्दै आएको छ । फिचर र फिनिशमा ध्यान दिँदै, ब्रान्डले सन्तुलित मूल्य र गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ— जसले एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका युरोपसम्म लाखौं उपभोक्ताको विश्वास जितेको छ ।
यसै विस्तृत उत्पादन दायरामध्ये, विनोद कुकवेयर ईन्डियाको कास्ट आइरन रेन्ज पनि लोकप्रिय छ—दुई पटक प्री–सीजन गरिएको, रासायनिक कोटिंग रहित र प्राकृतिक नन–स्टिक सतहसहितको टिकाउ संरचनाले यसलाई नियमित भान्साको लागि भरपर्दो बनाएको छ ।
पूर्णिमा श्रेष्ठसँगको सहकार्यले ब्रान्डको पहिचान र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउनेछ । २०२४ को मे महिनामा उनले १३ दिनभित्र तीन पटक सगरमाथा चढ्दै गीनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले अहिलेसम्म ५ पटक सगरमाथा र ८ वटा ८ हजार मिटरभन्दा अग्ला शिखरहरू सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।
प्रतिक्रिया