काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि खल्ती) ले बिहीबार एकीकृत कारोबार सुरु गरेका छन् ।
बिहीबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नयाँ कम्पनीको लाइसेन्स हस्तान्तरण गरेका हुन् । अब दुवै कम्पनी मर्जर भएपछि खल्ती बाई आइएमईको नामबाट कारोबार सुरु भएको छ ।
एकीकरणपछि मुख्य कार्यालय काठमाडौंको पानी पोखरीमा रहनेछ । मर्जर पश्चात् १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ता हुने बताइएको छ ।
नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनय खड्का बनेका छन् । उनी यसअघि खल्ती सीइओ रहेका थिए ।
नयाँ कम्पनीमा सात जनाको सञ्चालक समिति बनेको छ । सञ्चालक समितिको अध्यक्ष कृष्ण प्रसाद शर्मा बनेका छन् भने सञ्चालकमा दिवाकर पौडेल, सिताराम थापा, प्रविन रेग्मी, अमित अग्रवाल, अर्बिन्द शाह र मनिष मोदी चयन भएका छन् ।
दुई प्रमुख डिजिटल वालेट मर्ज हुने नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो ।
मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया