काठमाडौं । नेपाल वायु सेवा निगमले २०८२ असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाईडबडी जहाजको आंशिक भुक्तानी गरेको हो । निगमले असार मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ ऋण भुक्तानी गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पुरा र दुई वाईडबडी जहाजको आंशिक गरी मिति २०८२ असार ३२ गते जम्मा रु.५३,०९,५५,२८१ (त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी मात्र) रकम भुक्तानी गरेको छ ।
निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३ सय ७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ ।
प्रतिक्रिया