सिटी होटलले सेबोनबाट पायो हकप्रद सेयर निष्कासनको अनुमति

आइतबार, ०४ साउन २०८२, १२ : ३५

काठमाडौं- सिटी होटलले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि अनुमति पाएको छ । 

होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अर्थात ८० प्रतिशत १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले होटललाई साउन ४ गते हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

 
आइतबार, ०४ साउन २०८२, १२ : ३५

प्रतिक्रिया