गरिमा विकास बैंकको १ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, ०५ साउन २०८२, १० : १२

काठमाडौं- गरिमा विकास बैंकले संस्थापक समूहको १ लाख ४७ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकले १ लाख ४७ हजार ८३४.६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो। यस सेयरमा हालका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद निवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ । 

यो सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा यो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला हुनेछ । 

 
सोमबार, ०५ साउन २०८२, १० : १२

प्रतिक्रिया