काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकले ६ जना संस्थापक सेयरधनीको २ लाख १४ हजार ४९ कित्ता सेयर बिक्रीमा राखेको हो। यस सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ भने इच्छुक संस्थापक सेयरधनीले उक्त अवधिभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति तथा संस्थालाई यो सेयर बिक्री खुला गर्नेछ।
प्रतिक्रिया