एक वर्षमा भारतबाट आयो २० अर्ब ३५ करोडको धान, चीनबाट भने १० किलो मात्र आयात

बुधबार, ०७ साउन २०८२, १३ : ४०

काठमाडौं- नेपालले गत आर्थिक वर्ष २०८१र८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयात भएको हो ।  

उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । 

यस अवधिमा चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै धान आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 
 

 
बुधबार, ०७ साउन २०८२, १३ : ४०

प्रतिक्रिया