नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

विहीबार, ०८ साउन २०८२, १२ : ४३

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले  ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ बाँडफाँड गरेको छ। बैंकले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरेको हो । 

बैंकले प्रतिऋणपत्र १०० अंकित मूल्यका दरले ३ अर्ब मूल्य पर्ने ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई गरी ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

बिक्री अवधिभर परेका आवेदनमध्ये रितपूर्वक प्राप्त आवेदनहरू प्रशोधन गरी ३० लाख कित्ता ऋणपत्र साउन ७ गते बाँडफाँड गरेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

 
विहीबार, ०८ साउन २०८२, १२ : ४३

प्रतिक्रिया