शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १० लाख कित्ता ऋणपत्र बाँडफाँट

शुक्रबार, ०९ साउन २०८२, ११ : ०३

काठमाडौं–शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ८ प्रतिशत व्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर ” बाँडफाँट सम्पन्न भएको छ । एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रहरु बाँडफाँट भएको हो । एनआइएमबी एस क्यापिटल लिमिटेडका निष्काशन तथा विक्री प्रबन्धकले १० वर्षको अवधि रहेको उक्त ऋणपत्रहरु बाँडफाँट गरेका हुन् । उक्त ऋणपत्र खरिदका लागि ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो ।

कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर (Private Placement) र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि मिति २०८२-०३-३२ गतेदेखि २०८२-०४-०४ गतेसम्म निष्काशन गरिएको थियो । 
 

शुक्रबार, ०९ साउन २०८२, ११ : ०३

प्रतिक्रिया