लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८२” सम्पन्न

सोमबार, १२ साउन २०८२, ११ : ३७

काठमाडौं- नेपालको वायर तथा केबल उद्योगको एक अग्रणी नाम लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो “पावर पार्टनर्स मिट २०८२” काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । 

कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । 

लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ ।

उत्कृष्ट योगदानको कदर स्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको छ ।

त्यसै अवसरमा, लिट्मसले “श्रावण उत्सव” अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्यान्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको छ । 

 
सोमबार, १२ साउन २०८२, ११ : ३७

प्रतिक्रिया