हाम्रो पात्रोले प्राप्त गर्‍यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स

सोमबार, १२ साउन २०८२, १२ : ०१

काठमाडौं- नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ।

यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्न पुगेको छ। हाम्रो पात्रो रेमिट मार्फत अब अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैंक खातामा तत्काल पुर्‍याउन सकिन्छ। यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने भएको छ ।

अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै, हाम्रो पात्रोले रेमिट्यान्स सेवा विस्तार गर्दै प्रवासी नेपालीहरूलाई वित्तीय रूपमा आफ्ना परिवारसँग अझ सहज तरिकाले जोड्ने महत्त्वपूर्ण कदम चालेको हो।

अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको अवसरमा हाम्रो पात्रोले सीमित अवधिको लागि विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउने शुरुवाती ५,००० प्रयोगकर्ताहरूले अष्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अष्ट्रेलियन डलर बराबर रू १०० को विशेष विनिमय दर प्राप्त गर्न सक्नेछन्।

यो दर हालसम्मको अस्ट्रेलिया - नेपाल रेमिट्यान्सको सन्दर्भमा एकदमै लाभदायक दर मानिन्छ, जसले नेपाली प्रवासीहरूलाई थोरै शुल्कमा धेरै मूल्यको सेवा दिन सहयोग पुर्‍याउँछ।

हाम्रो पात्रोको फिनटेक निर्देशक सुदिना गौतमले भने, “हाम्रो पात्रोको मुख्य उद्देश्य सधैं विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार, साथीभाइ र समुदायसँग जोड्ने माध्यम बन्नु हो,अस्ट्रेलियाबाट प्राप्त रेमिट्यान्स लाइसेन्ससँगै अब हामी त्यहाँ बस्ने नेपाली समुदायलाई अझ विश्वासिलो, छिटो र पारदर्शी सेवा दिन सक्षम भएका छौं। यो सेवा विशेष गरी लुकेका शुल्क बिना, उच्च विनिमय दरमा, सुरक्षित माध्यमबाट रकम नेपालमा पठाउने सुनिश्चितता दिन्छ।”

हाम्रो पात्रो रेमिटबाट एकपटक KYC भेरिभाईड भएर आफ्नो बैंकको विवरणहरू भरेपछि केही क्लिक मै पैसा पठाउन सकिन्छ।

 
सोमबार, १२ साउन २०८२, १२ : ०१

प्रतिक्रिया