काठमाडौं– सग्तानी ग्रुप, LAIEF Ice Cream Machineries र नेपाल–इटाली उद्योग वाणिज्य संघ (NICCI) को सहकार्यमा “नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण” शीर्षकमा एक प्रभावशाली कार्यक्रम, काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम समापन भएको हो ।
इटालीका प्रमुख ब्रान्डहरू—LAIEF, Technoice, Packint, / Cold Car—ले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका छन् ।
यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुआत गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको जनाइएको छ ।
प्रतिक्रिया