काठमाडौं- आइएमई मोटर्सले अशोक लेल्यान्डको प्रतिष्ठित ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त गरेको छ।
अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा कम्पनीलाई ‘इन्टरनेशनल अपरेसन’ विधा अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो।
आइएमई मोटर्स र अशोक लेल्यान्डबीचको एक दशक लामो सफल साझेदारीको अवसरमा यो सम्मान प्रदान गरिएको हो। ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय स्तरको सेवामा पुर्याएको योगदानको कदरस्वरूप आइएमई मोटर्सलाई यो अवार्ड दिइएको कम्पनीले जनाएको छ।
आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डले उत्कृष्ट सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए।
कम्पनीका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो सफलता सम्पूर्ण टेक्निसियन र सर्भिस टिमको निरन्तर समर्पणको प्रतिफल भएको उल्लेख गरे।
प्रतिक्रिया