नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल नियुक्त

मंगलबार, १३ साउन २०८२, १६ : १४

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो । 

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको तर्फबाट डा. मनिष थापा र क्यापिटलका तर्फबाट सीइओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ ।

 
मंगलबार, १३ साउन २०८२, १६ : १४

प्रतिक्रिया