नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स क्यालिडोस्कोपको १३ औं संस्करण सुरु हुँदै

बुधबार, १४ साउन २०८२, १३ : ०१

काठमाडौं- चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने भएको छ । 

वास्तुकला (आर्किटेक्चर) विभागले बुधबार प्रतियोगितामा भाग लिनका लागि आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई आव्हान गरेको छ । प्रतियोगितामा भाग लिन चाहने आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई यो वर्षको अवधारणा र कार्यादेश समेत दिइएको छ । कार्यादेश अनुसार विद्यार्थीहरूले अगस्ट अन्तिम भित्र अवधारणा प्रस्तुत गर्नेछन् ।

‘विद्यार्थीहरूलाई १३ औं संस्करणको एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको अवधारणा र कार्यादेश दिएका छौं । अगस्ट अन्तिम सम्ममा विद्यार्थीहरूले अवधारणा सहित फिल्ड भिजिट र डिजाइन तयार गर्नुहुन्छ ।’ कलेजकी आर्किटेक्चर विभागकी सहायक प्राध्यापक श्वेता अमात्यले बताइन् । उनका अनुसार प्रतियोगितामा यस पटक देखि कलेज तहबाट उत्कृष्ट तीन डिजाइन मात्र राष्ट्रिय प्रतियोगितामा छनौट हुनेछन् ।

स्नातक तहको चौथो वर्षमा अध्ययनरत आर्किटेक्चर विद्यार्थीहरू बिचको प्रतिस्पर्धामा कलेज तहमा उत्कृष्ट डिजाइनलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ । क्यालिडोस्कोप इन्ट्रा कलेज राउन्ड अफ एसियन पेन्ट्स आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ मा कलेजकी विद्यार्थी पुजा राई सर्वोत्कृष्ट हुँदै ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

आर्किटेक्चरहरूले हासिल गरेको ज्ञान, सीप र कलालाई प्रतियोगिताले राष्ट्रिय लेबलमा उजागर गर्ने अपेक्षा गरिएको कलेजका आर्किटेक्चर विभागका प्राध्यापक दीपक पन्तले बताउनु भयो । राष्ट्रिय प्रतियोगितामा देशभरका १२ आर्किटेक्चर कलेजका विद्यार्थीहरूको प्रतिस्पर्धा हुनेछ ।

नेक–आर्किटेक्चर विभाग सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । जहाँ सन् २००८ ब्याचको लागि पहिलो एसियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता गरिएको थियो ।

शीर्ष १५ विजेताहरूले एसियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत वास्तुकला उद्योगमा एक्सपोज पाउने छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।

 
 
बुधबार, १४ साउन २०८२, १३ : ०१

प्रतिक्रिया