महिला सृजनशील केन्द्रद्वारा २२ औं तीज सृजनशील उत्सव मेला २०८२ को तयारी

आइतबार, १८ साउन २०८२, १३ : ०२

काठमाडौं— हरितालिका तीजको अवसरमा नेपाली महिलाहरूको सिर्जनशीलता, उद्यमशीलता र स्वरोज़गारलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला सृजनशील केन्द्रले २२ औं डाबर गुलावरी तीज सृजनशील उत्सव मेला–२०८२ आयोजना गर्ने भएको छ। 

मेला साउन २२ गतेदेखि २५ गतेसम्म बागबजारस्थित आम्रपाली ब्याङ्क्वेटमा हुने आयोजक संस्थाले जनाएको छ।

मेलाको पूर्वजानकारी दिन संस्थाले आज आइतबार साउन १६ गते दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलनमा मेला कार्यक्रमबारे विस्तृत जानकारी दिइने बताइएको छ।

मेलामा विविध सांस्कृतिक कार्यक्रम, तीज विशेष प्रदर्शनी तथा सृजनशील महिला उद्यमहरूको सहभागिता रहनेछ।

मेलाले महिलामा सिर्जनात्मकता र आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग गर्ने महिला सृजनशील केन्द्रको विश्वास रहेको छ । 

 
 
आइतबार, १८ साउन २०८२, १३ : ०२

प्रतिक्रिया