महिला उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित तीनदिने कार्यक्रम हुने

आइतबार, १८ साउन २०८२, १७ : ०३

काठमाडौं— महिला श्रृजनशील केन्द्रको आयोजनामा राइजिङ नेपाल प्रालि तथा इभेन्ट संसार डटकमको प्रवर्द्धनमा २३औं डाबर तीज फेस्टिभल तथा श्रमजागृत उद्यमी मेला–२०८२ काठमाडौंको भृकुटीमण्डपमा भाद्र १२ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको छ।

तीन दिनसम्म चल्ने मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री वा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीबाट गरिने आयोजकले जनाएको छ।

महिलाको सशक्तिकरण, स्वरोजगार प्रवर्द्धन तथा सामाजिक सहभागिता अभिवृद्धिलाई उद्देश्य बनाइएको मेला महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रालयबाट अनुमतिप्राप्त कार्यक्रम हो। मेलामा महिला गृहउद्योग, साना उद्यम, घरेलु उत्पादन, हस्तकला, फेसन, गहना, अर्गानिक तथा कृषिजन्य उत्पादन, सौन्दर्य सामग्री, सौर्यरनवीकरणीय ऊर्जा, महिला वित्तीय संस्था, सहकारी, बैंक, बीमा, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, साहित्यरसङ्गीत, महिला पर्यटन सेवा जस्ता थुप्रै क्षेत्रका करिब १०० भन्दा बढी स्टल रहनेछन्।

मेलाको उद्देश्य :

  • श्रमजागृत र सीप सम्पन्न महिलालाई समाजमा उदाहरणीय बनाउने
  • महिला श्रमिक तथा उद्यमीका उत्पादनहरूलाई बजार उपलब्ध गराउने
  • महिला नेतृत्वका उत्पादन तथा सेवाहरूको प्रवर्द्धन
  • उद्यमशील महिलाबीच नेटवर्क विस्तार र उत्प्रेरणा प्रदान गर्ने
  • महिला तथा बालबालिका केन्द्रित संस्थाहरूको परिचय, संजाल र ज्ञान आदान–प्रदान गर्ने

लक्षित सहभागीहरू:

  • महिला तथा बालिका उद्यमी, श्रमिक
  • महिला नेतृत्वमा सञ्चालित स्टार्टअप तथा साना उद्योगहरू
  • सीपयुक्त बिपन्न महिला, कृषक तथा गृहिणीहरू
  • स्वदेश तथा विदेश फर्किएका महिलाहरू
  • नारी पत्रकार, महिला पर्यटन व्यवसायी तथा नवप्रवेशी महिला स्रष्टा

विशेष आकर्षण:

  • घरेलु उत्पादन, हस्तकला, अर्गानिक खाद्यपदार्थ, महिला परिधानरसजावट सामग्री
  • महिला वित्तीय संस्था र सहकारीको स्टल
  • नवीकरणीय ऊर्जा प्रवर्द्धनको प्रदर्शनी
  • महिला सीप–कला, साहित्य, सङ्गीत र सांस्कृतिक प्रस्तुति
 
आइतबार, १८ साउन २०८२, १७ : ०३

प्रतिक्रिया