आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ओम हस्पिटलमा छुट पाउने

सोमबार, १९ साउन २०८२, १० : ४९

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट पाउने भएका छन् । हस्पिटल र इन्स्योरेन्सबी भएको सम्झौता अनुसार कम्पनीसँग सम्बन्धितले हेल्थ चेकअप प्याकेजमा पनि विशेष सहुलियत पाउने भएका हुन् । 

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन । यस्तै अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा लिन सक्नेछन्

 
सोमबार, १९ साउन २०८२, १० : ४९

प्रतिक्रिया