एनआईसी एशिया बैंकका ग्राहकले धुलिखेलको हिमालय दृष्य रिसोर्टमा छुट पाउने

बुधबार, २१ साउन २०८२, १४ : २०

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ । 
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाईल बैकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने छ । हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

 

 
 
बुधबार, २१ साउन २०८२, १४ : २०

प्रतिक्रिया