पब्लिक कम्पनीमा रुपान्तरण भयो नेक्सजेन म्यानेजमेन्ट, आईपीओ निष्कासन गर्ने

विहीबार, २२ साउन २०८२, १२ : ४०

काठमाडौं- सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको गत आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको छ । त्यसै गरी सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको छ ।

२०८२ वैशाख २२ मा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । सर्वसाधारणलाई कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ ।

नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट सञ्चालित कम्पनी हो ।

 
 
विहीबार, २२ साउन २०८२, १२ : ४०

प्रतिक्रिया