‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड अडिसन सम्पन्न

आइतबार, २५ साउन २०८२, १२ : १६

काठमाडौं– सामरी इन्टरनेशनलको आयोजनामा  ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन सम्पन्न भएको छ । 

शनिबार मण्डला ब्याङ्क्वेट, तीनकुनेमा पहिलो अडिसन सम्पन्न भएको हो। कार्यक्रममा २६ जना प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा र आत्मविश्वास प्रस्तुत गरेका थिए।

रक्षाबन्धनको दिन आयोजना गरिएको अडिसनमा महिलाहरूले आफ्नो सपना र पहिचानका लागि उत्कृष्ट प्रस्तुति दिएका थिए। सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले महिलाहरूको सामाजिक योगदानप्रति सम्मान व्यक्त गर्दै भने, “घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं।”

जुरीमा चर्चित गायिका सुनीता दुलाल, निर्देशक तथा अभिनेत्री अलिजा गौतम, चर्चित र्‍यापर निर्णय एनकेएस, वरिष्ठ पत्रकार हरी गोपाल प्रधान, मनास्लु वर्ल्ड कलेजका अध्यक्ष ग्येन्द्र लामा र पूर्व अध्यक्ष विनोद कुँवर रहेका थिए।

लाईफ ओके टिभीले यस कार्यक्रमको टेलिकास्ट गरेको थियो।

कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १० बजे मण्डला ब्याङ्क्वेट, तीनकुनेमा हुनेछ।

 
आइतबार, २५ साउन २०८२, १२ : १६

प्रतिक्रिया