काठमाडौं- सिटी होटलको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन २६ गते अन्तिम दिन रहेको छ।
होटलले भोलि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज साउन २६ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डबाट सिटी होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ। होटलले अब आफ्ना सेयरधनीहरुलाई १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ।
सिटी होटलको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रतिक्रिया