काठमाडौं- नेपालकै पहिलो टायल्स उत्पादक कम्पनी लेमिनार टायल्सले काठमाडौंको थलीमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
थलीको सुपर सप्लायर्स प्रालिलाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै कम्पनीले औपचारिक समारोहबीच ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरेको हो।
खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री कृष्णकुमार तामाङ, लेमिनार टायल्सका निर्देशक श्याम खेतान र आशुतोष खेतानले संयुक्त रूपमा शोरूम उद्घाटन गरे।
समारोहमा बोल्दै निर्देशक श्याम खेतानले कम्पनीले देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिए। अर्का निर्देशक आशुतोष खेतानले लेमिनार टायल्स बलियो, टिकाउ र अन्य टायल्सभन्दा ब्रेकिङ स्ट्रेन्थ तथा लोड बियरिङ क्षमता धेरै रहेको दाबी गरे।
बर्दिया जिल्लाको गुलरिया स्थित १२.५ बिगाहा क्षेत्रफलमा स्थापना गरिएको अत्याधुनिक युरोपियन प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स उत्पादन हुँदै आएको छ। कम्पनीले पाँच फरक साइजमा ५०० भन्दा बढी आकर्षक डिजाइनका टायल्स बजारमा ल्याइसकेको छ।
लेमिनारका टायल्सहरू ९९.९२ प्रतिशत वाटरप्रुफ हुने पूर्ण भिट्रिफाइड टायल्स हुन्।
प्रतिक्रिया