भेटायोद्वारा काठमाडौं उपत्यकामा प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु

विहीबार, २९ साउन २०८२, १४ : २२

काठमाडौं- नेपालको अग्रणी अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा रु १००० बाट सुरु हुने र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने भेटायोले जनाएको छ ।

उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, वा अत्यधिक बिजुली खपत हुनुजस्ता समस्याहरू आम देखिन्छन्। यस्ता समस्या समाधान गर्न वा रोकथाम गर्नका लागि प्रत्येक ६ महिनामा वा वर्षमा एक पटक एसीको सर्भिसिङ अनिवार्य हुन्छ।

“गर्मी मौसममा एसी बिग्रनु भनेको असहज स्थिति झेल्नु हो। नियमित सर्भिसिङले मात्र एसीलाई राम्रो स्थितिमा राख्न, आयु बढाउन र चिसो तथा सफा हावा प्राप्त गर्न सकिन्छ। हाम्रो सेवाहरु छिटो र भरपर्दो तरिकाले अनुभवी र दक्ष प्राविधिकहरु मार्फत उपलब्ध छन्।

एसी सर्भिसिङ सेवाको मुख्य विशेषताहरू:

  • धुलो र फोहोर हटाउन इनडोर र आउटडोर युनिटको डीप क्लिनिङ
  • फिल्टर सफा गर्ने वा आवश्यक परेमा प्रतिस्थापन गर्ने
  • मुभिङ पार्टहरूमा ग्रीस लगाउने, इलेक्ट्रिकल कनेक्शनहरू कस्ने
  • सम्पूर्ण प्रणाली परीक्षण गरेर उच्च कार्यक्षमता सुनिश्चित गर्ने

ग्राहकहरूले सेवा बुकिङ गर्दा इच्छाएको मिति र समय छान्न सकिने सुविधा हुनेछ, र प्रशिक्षित, अनुभवी र दक्ष प्राविधिकहरु  तोकिएको समयमा सेवाका लागि घरमै पुग्नेछन्।

भेटायो एउटा घर तथा अफिस लाई चाहिने सम्पूर्ण सेवाहरु एप मार्फत एकै ठाउ बाट दिने एप प्लेटफर्म हो । 
 

 
विहीबार, २९ साउन २०८२, १४ : २२

प्रतिक्रिया