काठमाडौं- सामसङ नेपालले नेपाली उपभोक्ताका लागि २०२५ को नयाँ क्यूएलईडी टिभी लाइनअप सार्वजनिक गरेको छ । यस नवीनतम श्रृंखलामा सामसङको अत्याधुनिक भिजन एआई प्रविधि समावेश गरिएको छ, जसले टेलिभिजनलाई केवल स्क्रिन नभई प्रयोगकर्ताको बानी र वातावरणअनुसार प्रतिक्रिया दिने स्मार्ट साथीमा रूपान्तरण गर्नेछ ।
भिजन एआई प्रविधिले तस्वीर र आवाजलाई वास्तविक समयमा वातावरणअनुसार मिलाउने, प्रयोगकर्ताको रोजाइ सिक्दै सामग्री सिफारिस गर्ने र टिभीलाई अन्य स्मार्ट उपकरणसँग सहज जडान गर्ने सुविधा उपलब्ध गराउँछ । सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाका अनुसार, नयाँ एआई टिभीहरूले घरमै सिनेमाजस्तो अनुभव दिनेछन् र प्रिमियम टिभी सेग्मेन्टमा सामसङको नेतृत्व अझ मजबुत हुने विश्वास छ ।
यस टिभीमा रिमोट बिना नै हातका इशारामार्फत नियन्त्रण गर्न सकिने सुविधा, कम रिजोलुसनका सामग्रीलाई 4K गुणस्तरमा रूपान्तरण गर्ने क्षमता, निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्ने जेनरेटिभ वलपेपर, स्मार्टथिंग्समार्फत घरका स्मार्ट उपकरण नियन्त्रण तथा ऊर्जा खपतको निगरानी जस्ता अत्याधुनिक विशेषताहरू समावेश गरिएको छ । साथै, बच्चा रोएको वा घरपालुवा कुकुर भुक्ने जस्ता अवस्थाहरू पत्ता लगाएर प्रयोगकर्तालाई सचेत गराउने सुरक्षा सुविधा पनि यसमा जोडिएको छ ।
सामसङले आफ्ना नयाँ एआई टिभीमा सात वर्षसम्म निःशुल्क OS अपग्रेड उपलब्ध गराउने वाचा गरेको छ, जसले लामो समयसम्म सुरक्षा, प्रदर्शन र नयाँ फिचरमा अद्यावधिक रहन मद्दत गर्नेछ । यससँगै कम्पनीले नेपालमा QLED 4K का विभिन्न मोडेलसहित UHD, FHD र HD टिभीहरू पनि उपलब्ध गराएको छ ।
सामसङका नयाँ QLED टिभीहरू नेपालभरिका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध छन् । उपभोक्ताले यी टिभीहरू इन्स्टा फाइनान्समार्फत ० प्रतिशत ब्याजदरमा मासिक किस्ता तिरेर सजिलै खरिद गर्न सक्नेछन् । साथै, पुराना टिभी साटेर नयाँ सामसङ QLED टिभी लिन सक्ने सुविधा पनि उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया