काठमाडौं- द वन्डरल्यान्ड गेम जोनले नेपालमै पहिलोपटक आयोजना हुन लागेको डब्लूवान कार्टिङ च्याम्पियनसिपको घोषणा गरेको छ । आधिकारिक प्रेस सम्मेलनमार्फत सार्वजनिक गरिएको यो कार्यक्रम आगामी अगस्ट २९, ३० र ३१ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको यो ऐतिहासिक मोटरस्पोर्ट इभेन्टले नेपालमा कार्टिङ रेसिङलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको छ । च्याम्पियनसिपले मोटरस्पोर्ट संस्कृति विकास गर्नुका साथै युवापुस्तामा उत्साह जगाउने र अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी ड्राइभर उत्पादन गर्न मद्दत गर्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।
वन्डरल्यान्ड नेपाल अहिले देशकै शीर्ष मनोरञ्जन पार्कका रूपमा स्थापित भइसकेको छ । सबै उमेर समूहलाई लक्षित गर्दै यहाँ थ्रिल राइड्सदेखि लिएर भर्चुअल रियालिटी अनुभव, गो–कार्टिङ, मोटोराइज्ड जिपलाइन, प्रोजेक्सन बाउलिङ, ट्र्याम्पोलिन, आउटडोर राइड्स र आर्केड गेम्ससम्मका आकर्षक गतिविधिहरू उपलब्ध छन् । यी गतिविधिहरूले परिवार र साथीहरूसँग रमाइलो पल बिताउन चाहने आगन्तुकलाई अविस्मरणीय अनुभव दिने गरेका छन् ।
यसअघि वन्डरल्यान्डले “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सर्टजस्ता कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरिसकेको छ । यी कार्यक्रमहरूले वन्डरल्यान्ड नेपाललाई मनोरञ्जनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु-याएको छ ।
प्रतिक्रिया