काठमाडौं- नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले शुक्रबार काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’को अवसरमा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको घोषणा गरेको छ ।
कजरिया रमेश टाइल्स लि.का निर्देशक संजय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा यो घोषणा गरेका हुन् ।
कार्यक्रममा उनले दिव्या रायमाझी नै किन उपयुक्त छिन् भन्ने कुरा साझा गर्दै भने,“दिव्याले हाम्रो ब्रान्डका मूल मूल्यहरू , युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्छिन्। उनको जोसिलो र आकर्षक व्यक्तित्व हाम्रो नयाँ सोच, शैली र गुणस्तरसँग मेल खान्छ। उनी मनोरञ्जन क्षेत्रमा अघि बढ्दैछिन्, र उनको यात्राले हाम्रो उत्कृष्टता र नेतृत्वको प्रतिबद्धता झल्काउँछ ।”
दिव्या रायमाझीले अब काजरिया रमेश टाइल्स लिमिटेडको आगामी अभियानहरूमा ब्रान्डको आधुनिक र सदाबहार पहिचानको प्रतिनिधित्व गर्ने छिन्।
कार्यक्रममा कम्पनीका नयाँ टाइल संग्रहहरू, नवीन डिजाइनहरू प्रदर्शन गरियो र आधुनिक उत्पादन प्रविधि र प्रिमियम सामग्रीमार्फत नेपालको टाइल उद्योगलाई अघि बढाउने प्रतिबद्धता पनि पुनः पुष्टि गरेको छ ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रमेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको छ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।
प्रतिक्रिया