आइएमई लाइफद्वारा लैनचौर युवा क्लबलाई सिसिटिभी क्यामेरा वितरण

बुधबार, ०४ भदौ २०८२, १२ : ५५

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लैनचौर युवा क्लबलाई सिसिटिभी क्यामेरा हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा उक्त सिसिटिभी क्यामेराहरु हस्तान्तरण गरेको हो ।

कम्पनीले सामुदायिक सुरक्षा चुस्त दुरुस्त बनाउने उद्देश्यले लैनचौर युवा क्लबलाई उक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधि, क्लबका पदाधिकारी र स्थानीय समुदाय र प्रहरी को उपस्थिति रहेको थियो।

कम्पनीले यसलाई सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको पहल भएको जनाएको छ ।

 
बुधबार, ०४ भदौ २०८२, १२ : ५५

प्रतिक्रिया