काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब साढे १३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको १३ लाख ४७ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री खुला गरिएकोमा खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिएको हो।
इच्छुक लगानीकर्ताले काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भदौ १९ गतेसम्म सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।
प्रतिक्रिया