काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे २ अर्ब बढी लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी दिएको छ ।
राष्ट्र बैंकले भदौ २६ गतेबाट मुद्दति निक्षेपमा गर्ने यो लगानी ३६६ दिनका लागि हुनेछ।
प्रतिक्रिया