वीरगञ्ज नाकाबाट साउनमा ६८ अर्ब बढीको वस्तु आयात, निर्यातमा पनि वृद्धि

शनिबार, ०७ भदौ २०८२, १२ : १६

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ । जबकी आव २०८१/८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व संकलन भएको थियो । 

 
 
शनिबार, ०७ भदौ २०८२, १२ : १६

प्रतिक्रिया