हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ ३१ गते बोलायो साधारणसभा

सोमबार, ०९ भदौ २०८२, १३ : ११

काठमाडौं- हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । 

बैंकरको सञ्चालक समितिको बैठकले भदौ ३१ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बमोजिम सभा काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पनीको सभाहलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा रहेको छ । 

साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको तर्फबाट मनोनित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव सभाको छ ।

 
सोमबार, ०९ भदौ २०८२, १३ : ११

प्रतिक्रिया