आजसम्म कायम सेयरधनीले हाथवे इन्भेस्टमेन्टको लाभांश पाउने

विहीबार, १२ भदौ २०८२, ११ : ४६

काठमाडौं- हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि भदौ १३ गते बुक क्लोज गर्दैछ। यसर्थ आज भदौ १२ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले साधारणसभा यही भदौ २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनी सञ्चालक समितिको प्रस्ताव गरेको गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२.६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तपुँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले समूह (क) का सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। स्वतन्त्र सञ्चालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र सञ्चालकको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ।

 
विहीबार, १२ भदौ २०८२, ११ : ४६

प्रतिक्रिया