काठमाडौं- विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ ।
अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।
प्लेटिनम ड्राइभर्स गिभअवे दुई चरणहरुमा आयोजना हुँदैछ ।
1. प्रति च्यालेन्ज : भाद्र ९, २०८२ देखि भाद्र १५, २०८२ सम्म (अगस्ट २५ देखि अगस्ट ३१, २०२५ सम्म)
2. च्यालेन्ज थ्री विक्स : भाद्र १६ गतेदेखि असोज ५, २०८२ सम्म (सेप्टेम्बर ०१ देखि सेम्टेम्बर २१, २०२५ सम्म) ।
यस समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू विक्ली प्राइजका लागि योग्य हुने कम्पनीको भनाई छ । यस्तै सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू ग्राण्ड प्राइजका लागि योग्य हुनेछन् ।
पुरस्कारहरूः
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले क्याम्पेन प्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन्, र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस्। आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।”
प्रतिक्रिया